दफा २९
उम्मेदवारको बन्दसूची उपर दाबी विरोधको मौका दिने
(१) दफा २८ बमोजिम प्राप्त उम्मेदवारको बन्दसूची आयोगले जाँचबुझ गरी प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उम्मेदवारको बन्दसूची प्रकाशन गर्दा आयोगले त्यस्तो सूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको योग्यता संविधान वा यस ऐन बमोजिम नभएको सम्बन्धमा सात दिनभित्र दाबी विरोध गर्न सकिने व्यहोराको सूचना समेत प्रकाशन गर्नु पर्नेछ ।
(३) आयोगले उपदफा (१) बमोजिम प्रकाशित बन्दसूची आवश्यकता अनुसार सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम प्रकाशित उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको संविधान वा यस ऐन बमोजिम योग्यता नपुगेको भनी कुनैमतदाताले दफा ७ को
उपदफा (३) बमोजिमको सूचनामा उल्लेख गरेको समयभित्र प्रमाण सहित आयोगमा दाबी विरोध सहितको निवेदन पेश गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम दाबी विरोधको निवेदन प्राप्त भएमा आयोगले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझबाट बन्दसूचीमा नाम समावेश भएको व्यक्तिको संविधान वा यस ऐन बमोजिमको योग्यता पुगेको नदेखिएमा आयोगले सोही व्यहोरा जनाई त्यस्तो उम्मेदवारको नाम त्यस्तो सूचीबाट हटाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम परेको दाबी विरोध सम्बन्धमा सो उपदफा बमोजिमको कार्य सम्पन्न भएपछि र दाबी विरोध नपरेमा दाबी विरोध गर्ने म्याद समाप्त भएपछि आयोगले उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्नेछ ।
(७) उपदफा (६) बमोजिम प्रकाशन भएको बन्दसूची आयोगले प्रमाणित गरी सम्बन्धित दललाई पठाउनु पर्नेछ ।